+
+

फुटबल टिमबाट निकालिएपछि नग्न तस्वीरको व्यापार !

वर्षेनी करोडौँ आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १२:५९

१७ माघ, काठमाडौं । मानिस एउटा असफलताबाट हार खानु हुँदैन किनकी अर्को क्षेत्रमा सफलताले कुरिरहेको हुनसक्दछ । एकजना फुटबलर युवतीको हकमा यस्तै भएको छ ।

आफू खेलिरहेको फुटबल टिमबाट हटाइएकी एक फुटबल खेलाडी युवतीले त्यसपछि यस्तो काम सुरु गरिन् कि एक वर्षमै ८ करोड रुपैयाँ बराबरको रकम कमाउन थालिन् । बेलायतकी ती फुटबलर युवतीको नाम मेडेलिन राइट हो, जो २४ वर्षकी छिन् ।

मेडेलिन चार्ल्टन महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य तथा नाम चलेकी फुटबल खेलाडी थिइन् । एउटा विवादमा परेसँगै उनलाई फुटबल क्लबले टिमबाट बर्खास्त गर्‍यो ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार मेडेलिनको एउटा भिडियो निकै भाइरल बनेको थियो जसमा उनी तीव्र गतिमा रेन्ज रोभर कार चलाइरहेकी थिइन् र कार चलाइरहेको बेला स्याम्पेन पिइरहेकी थिइन् ।

एउटा अर्को भिडियोमा मेडेलिनले बेलुनको हावा मुखभित्र हालिरहेको देखियो । त्यो एक पार्टीको भिडियो थियो । वास्तवमा बेलुनको हावा मुखभित्र भर्दा ड्रग्स लिँदाजस्तो नशा हुन्छ।

यस्तै विभिन्न विवादास्पद भिडियो सार्वजनिक भएपछि फुटबल क्लबले उनीमाथि छानबीन शुरू गर्‍यो र दोषी ठहर भएसँगै उनलाई फुटबल टिमबाट बर्खास्त गर्‍यो ।

 

View this post on Instagram

 

A post shared by Maddie (@madelene_wright)

फुटबलबाट आफुलाई लात मारिएपछि पनि मेडेलिन निराश बनिनन् । उनले एक फरक काम गर्ने मन गरिन् । उनले अश्लील सब्सक्रिप्सन साइट ओल्नी फ्यान्समा आफ्नो अकाउन्ट खोलिन् र त्यसमा आफ्ना नग्न तस्वीर तथा भिडियो अपलोड गर्न थालिन्। हेर्दा हेर्दा उनी नग्नताको दुनियामा चर्चित बन्न थालिन् । नका फलोअर्स तीव्र गति बढेर छोटो समयमै ४ लाख पुगे ।

ओन्लीफ्यान्समा अकाउन्ट खोलेसँगै उनको आम्दानी पनि तीव्र गतिमा बढ्दै गयो । उनले एक वर्ष भित्रैमा करीब ८ करोड रुपैयाँ बराबरको रकम कमाउन थालिन्। मेडेलिनको ओन्ली फ्यान्स अकाउन्ट सब्सक्राइब गर्नका लागि मासिक करीब ३ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्ने उनी बताउँछिन् ।

अश्लील साइटमा आफ्नो नग्नताको व्यापारबाट आर्जन गरेको रकमले मेडेलिन अहिले देश दुनिया घुमिरहेकी छिन् । उनको इन्स्टाग्राममा पनि लाखौँ फलोअर्स छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?