+
+

दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबीन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १७:३९
जिप दुर्घटना भएको स्थल ।

१७ माघ, काठमाडौं । इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबीन गर्न प्रहरीले समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबीनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको हो ।

जिल्लाको रोङ गाउँपालिका–४, पहिरोमा गत १२ माघमा जीप दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको थियो ।

घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औंठी हराएको थियो ।

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसीबाख्रा किन्न उहाँहरु नगद बोकेर जानु भएको थियो, घटनास्थल पुग्दा प्रहरी र स्थानीयको भिड थियो’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

जिल्ला प्रहरी कार्यालय, इलामले सोमबार विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यममा आएको विषयबारे’ विस्तृत रुपमा अध्ययन भइरहेको भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कसैको संलग्नता पाइए कानून बमोजिम कडाभन्दा कडा कारबाही हुनेछ ।’

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

हेर्नुस्  जिल्ला प्रहरी कार्यालय इलामले निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?