+
+

वीपी प्रतिष्ठानमा एकैदिन दुई जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १६:५५

१९ माघ, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

करिब तीन घण्टाको फरकमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको हो । यस्तै धरान नगरपालिका-११ का ६३ वर्षीय पुरुषको बुधबार बिहान ९:५५ बजे मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी समस्या भएका ५८ वर्षीय पुरूषमा माघ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए । मधुमेहका रोगी समेत रहेका ६३ वर्षीय पुरुषमा भने माघ १२ गते संक्रमण पुष्टि भएको थियो । उनले भने कोरोनाविरुद्धको खोप नलगाएको पाइएको डा. पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?