+
+
Shares

जनमत पार्टीले पुनः शुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १३:४७

२० माघ, जनकपुरधाम । किसानको मुद्दा सम्बोधन गराउन भन्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले बिहीबारदेखि पुनः राजमार्ग केन्द्रित आन्दोलन शुरू गरेको छ ।

मधेश प्रदेशका सबै जिल्लामा राजमार्ग अवरुद्ध गरी जनमतका नेता-कार्यकर्ता बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । जनमतको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सबारी चल्न सकिरहेको छैन् ।

यो पार्टीले बिहीबार राजमार्ग केन्द्रित आन्दोलन गर्नुअघि बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । पार्टीले पहिला नै राजमार्गमा आन्दोलन गर्ने बताएपछि बिहीबार राजमार्गमा अत्यन्तै कम सवारी सञ्चालन भएका छन् ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेलगत्तै पुग्ने प्रहरीले अवरोध हटाइरहेको बताए । उनले अवरोध हटाउने क्रममा सिरहाबाट १० र धनुषाबाट १० जना गरी २० जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसान कार्ड वितरण गर्नुपर्ने, बालीको बीमा गर्नुपर्ने, किसानलाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने, बाली नष्ट हुँदा राहत दिनुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्नेसहितका माग राखेर पछिल्लो एक महिनादेखि आन्दोलन गर्दै आएको छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?