+
+

गोठ भत्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १६:५१

२१ माघ, रौतहट । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गोठ भत्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ ।

रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा गोठ भत्किँदा स्थानीय ४५ वर्षिया फुलमतिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वर्षाका कारण कमजोर भएको गोठ भत्किएर च्यापिँदा उनी घाइते भएकी थिइन् । उपचारका लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोठ भत्किँदा दुई वटा बाख्रा समेत मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?