News Summary
Generated by OK AI. Editorially reviewed.- असोज २ गतेको पहिरोपछि कर्णाली करिडोरअन्तर्गत हुम्लाको छारे सडकखण्ड एक सातादेखि अवरुद्ध छ।
- सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतलगायतबाट हुम्ला आवतजावत गर्ने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
- हिल्सा सिमकोट सडक योजनाले पन्छाउने काम गरे पनि हिजो स्काभेटर बिग्रिएपछि सडक खुलाउने कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए।
९ असोज, हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न हुम्लाको छारे सडकखण्ड एक सातादेखि अवरुद्ध बनेको छ ।
अविरल वर्षाले गत असोज २ गते कडा चट्टानी भिर खसेपछि सडक अवरुद्ध भएको थियो ।
हिल्सा सिमकोट सडक योजना हुम्लाले नियमित अवरुद्ध सडक पन्छाउने कार्य गरेपनि अहिलेसम्म काम सम्पन्न भएको छैन ।
जसकारण नेपालगन्ज, सुर्खेेत लगायत ठाउँबाट हुम्ला आवाजावत गर्ने यात्रुहरू अलपत्र परेका छन् ।
सडक अवरुद्घ भएपछि एक सातादेखि बीच बाटोमै अलपत्र परेको चंखेली गाउँपालिका–३ का कलम ऐडीले गुनासो गरे ।
ठूला मालबाहक, टक, यात्रु बोकेका बोलेरो जिपहरू खार्पुनाथ गाउँपालिका–१ को सुनाखाडा–छारेदेखि सर्केगाड गाउँपालिका– ३ को खरीखेतसम्म यात्रुहरू रोकिएको खार्पुनाथ गाउँपालिका–१ का लाल प्रसाद जैसीले बताए ।
हिजो स्काभेटर बिग्रेपछि काम रोकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए ।
प्रतिक्रिया 4