+
+

युक्रेन संकटको कूटनीतिक समाधान खोज्ने प्रयास : मस्कोमा म्याँक्रो र पुटिनबीच भेटघाट हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १३:०९

२४ माघ, काठमाडौं । युक्रेनलाई लिएर नेटो गठबन्धन र रुसबीच तनाव बढिरहेका बेला फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले रुसी राष्ट्रपति पुटिनलाई भेट्दै छन् ।

पूर्वी युरोपमा युद्धको बादल मडारिरहेका बेला म्याँक्रो सोमबार रुस प्रस्थान गरेका हुन् । रुसको भ्रमणमा निस्केका म्याँक्रो र पुटिनबीच मस्कोमा युक्रेन संकटबारे छलफल हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनावकूटनीतिमार्फत् कम गर्ने प्रयास भइरहेका बेला म्याँक्रो र पुटिनबीच भेटवार्ता हुन लागेको हो । मस्को प्रस्थान गर्नुपूर्व नै म्याँक्रोले युक्रेनमा हुन सक्ने संभावित युद्धलाई टार्न सकिने बताइसकेका छन् ।

मस्कोमा पुटिनसँग कुराकानी गरेलगत्तै मंगलबार नै म्याँक्रो युक्रेन जानेछन् । उनले आफ्नो पछिल्लो भ्रमणका क्रममा अघि बढ्न नसकेको शान्ति प्रस्तावबारे दुबै पक्षसँग छलफल गर्ने पनि समाचारमा उल्लेख छ ।

यसैबीच, जर्मनीका चान्सलर ओलाफ सोल्सले आज नै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दै छन् । ‘युक्रेनमा हमला गरे ठूलो मूल्य चुकाउनु पर्नेछ भनेर रुसलाई प्रस्ट सन्देश दिन हामीले निकै मेहेनत गर्‍यौं‘, बाइडेनलाई भेट्नुपूर्व सोल्सले वाशिङ्टन पोष्टसँगको अन्तर्वार्तामा भने ।

चान्सलर सोल्सले आगामी हप्ता पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग समेत पूर्वी युरोपमा जारी तनावबारे कुराकानी गर्ने कार्यतालिका रहेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?