+
+

गौरव, विल्सन र बुद्धिको ‘आकाशे खेती’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:१७

२६, काठमाडौं । फागुन २७ गते रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । एसएस इन्टरनेशनल र तक्मे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो चलचित्रको टिजरमा मुख्य कलाकार गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङलाई केन्द्रमा राखिएको छ ।

चलचित्रमा यी तीन जना कलाकारबाहेक रजनी गुरुङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल, लक्षु शर्माको पनि अभिनय देख्न सकिन्छ ।

यो चलचित्रमा कथा तथा निर्देशन उदय सुब्बाको छ । चलचित्रमा विल्सनविक्रम राईको पटकथा तथा संवाद छ । यस्तै विक्रम केसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

चलचित्रको टिजरमा मुख्य तीन पात्रको जीवनमा आइपरेका विभिन्न समस्यालाई देखाउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?