+
+

२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १३:०२

इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो सहरकी एकजना महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ ।

म्यारिनेल्ला बेरेट्टा भन्ने ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाहा नपाउँदा कुर्सीमै बसिरहेको अवस्थामा उनको शव बल्ल फेला परेको हो ।
बेरेट्टा आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् ।

उनको घरको बगैँचामा रुख ढलेको, अरु रुखविरुवा र घाँस पनि निकै बढेको देखेर छिमेकीहरूले उजुरी गरेपछि दमकलका कर्मचारीहरू आएर निरीक्षण गर्दा घरभित्र महिलाको शव फेला परेको हो । बेरेट्टाको शव लिभिङ रुमको कुर्सीमा बसिरहेको अवस्थामा थियो र कुहिएको थियो ।

शरीर कुहिएको अवस्थालाई विश्लेषण गर्दा उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्युको कारण पत्ता नलागेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । उनका कुनै आफन्त भए नभएको लगायतका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

स्थानीय कोमो नगरपालिकाले उनको शवको अन्त्येष्टिको कार्यक्रम आयोजना गर्नेछ र उक्त अन्त्येष्टि समारोहमा सहभागी हुन सबै बासिन्दालाई अनुरोध गरेको छ ।

सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?