+
+

ललितपुरको महालक्ष्मीस्थानमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:४३

१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ ।

एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको टोली घटनास्थलमा पुगेको एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए ।

एसएसपी खनालले तेह्रथुम घर भएकी ३४ वर्षीया अन्जु लिम्बुको शव रहेको बताए ।  उनी एकान्त कुनाको रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।

उनका अनुसार, शव केही दिनअघिबाटै त्यहाँ रहेको जस्तो देखिएको छ । ‘एउटा कोठा भाडामा लिएर बस्नुभएको रहेछ, दुई/चार दिन अगाडि नै मृत्यु भएको जस्तो देखिन्छ’, खनालले भने, ‘थप अनुसन्धान सुरु गरेका छौं ।’

विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?