+
+
Shares

धनगढीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १९:०२

१२ असार, धनगढी । धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् ।

बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् ।

उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन् । बालकको शव आधा सडेको अवस्थामा रहेको छ ।

प्रहरीले बालक मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सिल गरेर घटनास्थल कार्य गरिरहेको छ ।

मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन गदर्थे । उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?