+
+

पिपरा गाउँपालिका वडा नं. ५ का अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १४:५१

२७ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

साविकको सहोडवा गाविस ६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत भएको थियो । पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई ठेक्का वापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजरी उनीविरुद्ध परेको थियो ।

अनुसन्धानको क्रममा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ रुपैयाँ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पत्ता लागेको अख्तियारले जनाएको छ ।

उनले ठेक्कावापतको बाँकी रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष रहेको अख्तियारको ठहर छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनुसार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?