+
+

तानसेन–तम्घास सडकखण्ड १५ दिनसम्म रातिमा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १९:३६
फाइल तस्वीर ।

२७ माघ, बुटवल । सडक विस्तारका लागि तानसेन–तम्घास सडक खण्ड शुक्रबारदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।

पाल्पाको जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्न्पर्ने भएकाले माघ २८ गते फागुन १३ गतेसम्म राति ९ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले एक सूचना जारी गर्दै उक्त अवधिमा सडक विस्तारको काम हुने भएकाले रातको समयमा सवारी साधनहरु नचलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?