+
+

सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु, एक सिकिस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १२:४७

२९ माघ, जनकपुरधाम । सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतो रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई  स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?