+
+

एमाले संसदीय दलको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १२:०६

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

त्यसलगत्तै आइतबार आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग असफल पार्ने निर्णय गरेको थियो । स्रोतका अनुसार जबराविरुद्धको महाअभियोग प्रस्तावको काउन्टर दिन एमालेले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?