+
+

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १४:१०

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

मेगा बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका-३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका-५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुरको पुनर्बास नगरपालिका-८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका-२ स्थित बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने  तथा नेपाल टेलिकम, एनसेल र डिसहोममा रिचार्ज गर्ने लगायतका सुविधा रहेको बैंकले जनाएको छ । बै‌ंकका अनुसार सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?