+
+

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १५:३३

२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

सोमबार कुल काराेबार रकम ३ अर्ब ६८ कराेड ४० लाखमा सीमित रह्याे । आइतबार ५ अर्ब बढीको सेयर काराेबार भएको थियाे ।

काराेबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायाे भने लगानी उपसमूह स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?