+
+

काउन्टर महाअभियोगको सम्भावना छ : एमाले सांसद पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १६:२५

२ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वोच्च अदालतका अरु न्यायाधीशविरुद्ध पार्टीले महाअभियोग प्रस्ताव ल्याउने सम्भावना रहेको बताएका छन् ।

सोमबार संसदीय दलको बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोगका विरुद्ध पार्टीले अर्को महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताए ।

‘हामी चुप लागेर बस्न सक्दैनौं, न्यायपालिकालाई कब्जा गर्न खोजिएको छ र नेकपा एमालेविरुद्ध प्रयोग गर्न खोजिएको छ । त्यो प्रयोगलाई रोक्नैपर्छ भन्ने निष्कर्ष छ’ पोखरेलले भने, ‘भोलिसम्म नेतृत्वले सल्लाह गरेर केही न केही थप आउने सम्भावना देख्छु । कति जना के त भन्न सकिने अवस्था छैन, केही न केही अगाडि बढ्छ ।’

संसद विघटन बदरको फैसला गर्ने न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी हो भन्ने प्रश्नमा पोखरेलले कुनै मुद्दाविशेषका आधारमा महाअभियोग प्रस्ताव नल्याउने बताए ।

‘अमुक मुद्दाको फैसला होइन, समग्र न्यायपालिकामा बेथिती ल्याउनलाई सेटिङ गर्ने उद्देश्यका साथ अहिलेको महाअभियोग ल्याउन उद्दत व्यक्तिहरु उपर (महाअभियोग) आउने सम्भावना देखिरहेको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?