+
+

हिउँद नसकिंदै सरदरभन्दा बढी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ९:४०

३ फागुन, काठमाडौं । यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा सरदर ६०.९ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्षको अहिलेसम्म ६८.७ मिलिमिटर वर्षा भइसकेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाको रेकर्ड अनुसार गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा भएको थियो ।

अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । यस वर्षको हिउँदयाम सकिन अझै १३ दिन बाँकी छ । यस अवधिमा थप पानी पर्न पनि सक्ने अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म नेपालमा पानी पार्ने उल्लेख्य प्रणाली देखिएको छैन ।

नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।

यस वर्षको हिउँदयाममा वर्षा र हिमपात राम्रै भएकाले बालीनालीलाई सहयोग पुगेको अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?