+
+

जर्मन चान्सलरलाई युक्रेनी राष्ट्रपतिले भने : रुसले ग्याँस पाइपलाइनलाई हतियार बनायो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १४:१३

३ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नर्ड स्ट्रिम-२ पाइपलाइनलाई रुसले ‘भू-राजनीतिक हतियार’को रुपमा प्रयोग गरेको बताएका छन् ।

जेलेन्स्कीले सोमबार युक्रेनको भ्रमणमा आएका जर्मन चान्सलर ओलाफ सोल्सलाई रुसले नर्ड स्ट्रिम-२ नामक ग्यास पाइपलाइनलाई भू-राजनीतिक हतियारको रुपमा प्रयोग गरेको बताएका हुन् ।

‘यो (पाइपलाइन) भू-राजनीतिक हतियार हो भनेर हामीलाई प्रस्ट थाहा छ’, जेलेन्स्कीले भने । रुस र जर्मनीबीचको ऊर्जा सम्बन्‍धबारे युक्रेनसँग केही असहमति भएको पनि उनको भनाइ थियो ।

सोल्सले जेलेन्स्कीसँगको कुराकानीका क्रममा युक्रेनमाथि हमला गरे रुसलाई दण्डित गरिने बताएको फ्रान्स२४ समाचार माध्‍यमले जनाएको छ । आफूहरूले चाल्ने कदमबाट रुसी अर्थतन्त्रको विकासमा निकै ठूलो असर पर्ने पनि उनको भनाइ थियो ।

युक्रेनलाई बाइपास गर्दै बनाइएको नर्ड स्ट्रिम-२ पाइपलाइनका कारण वाशिङ्टन र किएभसँग जर्मनीको मतभेद रहँदै आएको छ । रुसबाट बाल्टिक सागर हुँदै युरोपमा ग्याँस पुर्‍याउने उक्त पाइपलाइनलाई जर्मनीले हालसम्म प्रयोगको अनुमति भने दिएको छैन ।

अमेरिकी राष्ट्‍पति जो बाइडेनले रुसले युक्रेनमाथि हमला गरे उक्त पाइपलाइन बन्द गर्ने गरी कदम चाल्ने चेतावनी दिइसकेका छन् ।

यसैबीच, जर्मन चान्सलर सोल्सले युक्रेनको भ्रमण लगत्तै मंगलबार रुसको भ्रमण गरेका छन् । पूर्वी युरोपमा युद्ध रोक्ने प्रयास स्वरुप उनी रुस गएका हुन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरी सम्भावित युद्ध रोक्ने प्रयास गर्नेछन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?