+
+

अनुमतिबिना खोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:२९

३ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ ।

आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला खोलामा बालुवा र गिट्टी उत्खनन् गर्दै गरेको पाइएको छ । उत्खनन् गर्दै गर्दा प्रहरीले ७ वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.–२–०१–०० ३ ख. ००५८, प्र. २–०१–००१ख.००५९, प्र.२–०३–००१ ख ३२२७, प्र. २–०३–००१ ख. ५०८४, प्र.२–०१–००१ख. ०१११ नम्बरको टिपर र सिआरइजिसीई ३०७ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको हो ।

उनीहरुले सम्बन्धित निकायबाट कुनै किमिसको अनुमति नलिई खोला उत्खनन् गर्दै गरेको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । ती टिपरबाट बालुवा, गिट्टी उत्खनन् गरेर सिरहामा राख्ने काम हुँदै आएको थियो ।

‘ठूलो आयोजनाका निर्माण कम्पनी भएपनि उत्खनन् गर्दा स्थानीय तह या समन्वय समितिबाट अनुमति लिनुपर्ने हो तर नलिएको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । नियन्त्रणमा लिइएका सवारी साधन प्रहरी चौकी पोर्तामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?