+
+

डीएभीमा ‘तरङ्‍ग’ नामक बृहत सांस्कृतिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १३:५७

काठमाडौं । ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्‍ग’ भव्यरूपमा सम्पन्न भएको छ ।

बुधबार विद्यालयको सभागृहमा आयोजित कार्यक्रममा भारतीय चर्चित कलाकारहरूले एकल प्रस्तुति दिएका थिए । कार्यक्रममा डीएभी विद्यालयको तर्फबाट पनि सामूहिक तथा एकल प्रस्तुति दिएका थिए ।

कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरि आशिश नेभ्रेकारको कथक नृत्य र शिवप्रसाद एनएनले सांगीतिक प्रस्तुति दिएका थिए ।

डीएभी विद्यालयका विद्यार्थीहरूले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्य प्रस्तुत गरेका थिए ।

तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डीएभी विद्यालयका विद्यार्थीहरूले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, संगीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रममा सुशिला आर्ट एकेडेमीकी संस्थापक एवम् अध्यक्ष युलिया कोइरालाले गीत संगीत र नृत्यले शिक्षा क्षेत्रमा पुर्‍याउने योगदानका बारेमा चर्चा गरेकी थिइन् । उनले विद्यालयका अध्यक्ष अनिल केडिया र प्राचार्य डा. भुवनेश्वरी रावको साहित्य र कलाप्रतिको समर्पण मुक्तकण्ठले प्रशंसा गरिन् ।

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले यस्तो कार्यक्रमले दुई देशबीच साहित्य, कला र संस्कृति आदान–प्रदान र जगेर्ना गर्य योगदान पुग्ने बताए ।

डीएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा सहभागी कलाकारहरूलाई मायाको चिनोसहित प्रसंशापत्र प्रदान गरिएको थयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?