+
+

जब पलको तारिफमा भक्कानिइन् पूजा…

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १७:५०

४ फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीत रिलिज कार्यक्रममा अभिनेत्री पूजा शर्मा बोल्दाबोल्दै भक्कानिइन् । पूजाले चलचित्र निर्माण गर्दा पाएको कष्ट सम्झँदै उनी बोल्ने क्रममा भक्कानिएकी हुन् ।

बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । किनकि, आज सुदर्शन थापा एउटा काम गरिरहनुभएको हुन्छ । म पनि चलचित्रका लागि नै दौडधुप गरिरहेको हुन्छ । हाम्रो टिम धेरै छैन । तर पनि….।’ यति भन्दै गर्दा उनी भक्कानिइन् ।

पूजाले दुई वर्षदेखि चलचित्रको काम रोकिएको भन्दै आजका दिन दर्शकमाझ ल्याउने क्रममा कलाकार र मिडियाको साथ पाएको बताइन् । उनले भनिन्, ‘म यस्तो गीत गाउँछु बनाउने क्रममा जब हामीले पलको नाम सोच्यौं, सबै सकारात्मक हुनुहुन्थ्यो । चलचित्र पनि निक्कै राम्रो चल्यो । म यस्तो गीत गाउँछु २ बनाउने क्रममा सुदर्शनजीले पलको विकल्प नै सोच्नुभएन । उहाँ खाली मेरो भाइ पल भन्नुहुन्छ ।’

पूजाले अन्य कलाकारहरुले आफ्नो चलचित्रको लागि यति धेरै नसोच्ने भन्दै पलले आजका दिनमा चलचित्रलाई दिएको साथका लागि धन्यवाद दिइन् ।

फागुन १३ गतेबाट रिलिज हुन लागेको सुदर्शन थापा निर्देशित चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?