+
+

सुदर्शनले निर्देशन गर्ने ‘रावायण’मा पल र पूजाले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १२:५८

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने आगामी फिल्म ‘रावायण’मा कलाकारको लाइनअप टुंगिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पल शाह र पूजा शर्मा अनुबन्धित भएका छन् ।

अन्य कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, शिल्पा मास्के, निकिता चाण्डक र कैलाश रावल छन् । लाइनअप हेर्दा फिल्मको कास्टिङ महत्वपूर्ण हुने देखिन्छ । हालै अन्तर्राष्ट्रिय प्रोजेक्ट सकेकी पूर्वमिस नेपाल चाण्डक पनि यो फिल्मसँग जोडिएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै निर्देशक थापाले छायांकन चैत १० गतेदेखि सुरु हुने जानकारी दिए । सुदर्शन थापा र पूजा शर्माले आफ्ना ब्यानरको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।

यसअघि उनीहरुले ‘म यस्तो गीत गाउँछु’का दुवै श्रृंखला, ‘रामकहानी’मा निर्माण सहकार्य गरेका थिए । ‘अहिलेसम्म नायकको दृष्टिकोणबाट कथा भन्दै आएको थिएँ । अब खलपात्रको दृष्टिकोणबाट कथा भनौं न भनेर रावायण बन्न लागेको हो । धार्मिक कथा रामायणसँग यसको लेनादेना छैन,’ थापाले भने ।

यो प्रोजेक्ट आफ्ना लागि चुनौतीपूर्ण हुने सुदर्शनको भनाइ छ । ‘आफैंले गर्दै आएको तरिका र कास्टिङभन्दा भिन्न तरिकाले यो फिल्म बन्न लागेको हो,’ उनले भने ।

फिल्मको छायांकन काठमाडौं, हेटौंडा, सर्लाही र जनकपुरमा हुनेछ । शिवम् अधिकारी तथा दुई भारतीय फिल्म लेखकहरु प्रदीप श्रीवास्तव र राज गौरवले पटकथा लेखेका हुन् । ‘रावायण’लाई २०८१ सालभित्रै प्रदर्शन गर्ने सुदर्शनको योजना छ ।

यो फिल्मपछि आगामी साल अन्य दुई फिल्म पनि निर्देशन गर्ने उनको तयारी छ । ‘रावायण’मा यसअघि अनमोल केसी तय थिए तर उनी बाहिरिएपछि प्रोजेक्टमा पल भित्रिएका हुन् । पल यतिबेला दिनेश राउतको सोसल ड्रामा ‘पुजार सार्की’मा व्यस्त छन् । त्यो सकिएपछि रावायण फ्लोरमा जानेछ । बिहीवार अभिनेता शाहको जन्मदिन हो । निर्देशक थापा र अभिनेत्री शर्मासहित फिल्मकर्मीले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?