+
+

‘रावायण’को लागि एक्सन सिक्दै पल, बैशाख अन्त्यदेखि छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १२:३४

काठमाडौं । रोमान्टिक चरित्रमार्फत दर्शकमाझ देखिँदै आएका अभिनेता पल शाह आगामी फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । छायांकन तयारीमा रहेको यो फिल्मको लागि शाह अहिले एक्सन कोरियोग्राफी सिकिरहेका छन् ।

निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा पाइरहेको फिल्मको शीर्ष भूमिकामा पल र पूजा शर्मा छन् । एक्सन कोरियोग्राफर श्री श्रेष्ठले पललाई एक सातादेखि एक्सन कौशलको अभ्यास सिकाइरहेका छन् ।

दुईवर्षपछि फिल्ममा फर्कने तयारीमा रहेका पलले सोसल–ड्रामा ‘पूजार सार्की’पछि ‘रावायण’मा काम गर्न लागेका हुन् । चरित्रको आयामको हिसाबले पलका पछिल्ला फिल्म भिन्न हुने देखिएको छ ।

निर्देशक थापाले बैशाख अन्त्यदेखि ‘रावायण’को छायांकन थाल्दैछन् । सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।

यो फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

शिवम अधिकारीको पटकथा लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, विक्रम स्वारको नृत्य निर्देशन हुनेछ । ‘रावायण’को प्रदर्शन मिति आगामी हरितालिका तीजको छेको भदौ २१ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?