+
+

आईएमई जनरलको हकप्रद २२ गतेदेखि निष्कासन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १२:३७

५ फागुन, काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मिति तय गरेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन आगामी फागुन २२ गतेदेखि गर्ने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले १०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गते सम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद सेयर निष्कासन पछि पूँजी १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको छ महिनामा अर्थात दोस्रो त्रैमाससम्ममा १२ करोड १३ लाख नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?