+
+

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २१:०६

५ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रदेश १ सरकारको चालु अधिवेशनबाट नामको टुङ्गो लगाउने भन्दै उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदल मार्फत छलफल आह्वान गरेका हुन् ।

सर्वदलीय बैठक आह्वानको तयारीका लागि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण कार्यदलका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार, बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?