+
+

‘दोहोरी च्याम्पियन’बाट पुरस्कार नपाएको विजेताको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:५६

८ फागुन, काठमाडौं । लोकदोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमा भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका थिए ।

उपाधिसहित उनीहरुले २० लाख रुपैयाँ पुरस्कार जितेका थिए । तर विजेता बनेको तीन महिनासम्म एक रुपैयाँ पनि नपाएको गायिका मीना बुढाथोकीले गुनासो गरेकी छन् । पुरस्कार रकमको पहिलो किस्ता पनि अहिलेसम्म नपाएको उनले बताइन् ।

‘च्याम्पियन भएको दिन खाली चेक पाएका थियौं । त्यस्तै विजेताले पाउनुपर्ने नाट्यश्वेरी शिल्ड पायौं । त्यो बाहेक केही पाएका छैनौं,’ उनले भनिन्, ‘पुरस्कार रकमको पहिलो किस्ता दिनुपर्ने त उहिल्यै हो । तर एक हप्तापछि, दुई-चार दिनपछि भन्दाभन्दै ढिला भयो ।’

लामो समयसम्म पुरस्कार रकम नपाएको कारणले मीनाले आइतबार फेसबुकमा स्टाटस लेखेकी थिइन्, ‘हेल्लो दोहोरी च्याम्पियन’ ।

तर यो पोस्ट उनले केही समयमै हटाइन् । यसबारे उनले भनिन्, ‘पुरस्कार रकमको पहिलो किस्ता बुधबार दिन्छौं भन्नुभयो । अनि स्टाटस हटाएकी हुँ । अब बुधबारसम्म बाटो हेर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?