+
+

नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट फागुन तेस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १४:२६

९ फागुन, काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको सातौं संस्करण मार्च २ देखि ९ (फागुन १८ देखि २६ गते)सम्म आयोजना हुने भएको छ ।

पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्वजनिक गरी धुम्बाराहीस्थित दूतावासको मैदानमा खेल हुने जनाएको हो । पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको  छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् ।

समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन्

समूह ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर छन् ।

समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चारवटै समूहका विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले यस प्रतियोगिता पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे ।

उनले युवाहरुलाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीहरुका लागि प्लेटर्फमको रुपमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?