+
+

सुधारियो सेयर बजार, नेप्से परिसूचक २५ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १५:३०

८ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.४ अंकले घटेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय १८ दशमलव ५१ अंकमा पुगेको हो । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचकमा सुधार आएपनि कारोबार रकम भने आइतबारको भन्दा पनि घटेको छ । आइतबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब पनि पुगेन । दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?