+
+

चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:४६

९ फागुन, मोरङ । प्रहरीले चोरीमा संलग्‍न रहेको आरोपमा दुईजनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्‍ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका-६ बस्‍ने २७ वर्षीय दिलिप लिम्बु रहेका छन् ।

उनीहरुले मोरङ सुन्दरहरैचा नगरपालिका -९ विराटचोकस्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्‍य किराना मालसामानसमेत गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान लिएर फरार भएका थिए ।

पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?