
११ फागुन,काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९६ हजार पाँचसय रुपैयाँमा झरेको छ ।
तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १३ सय १५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4