+
+

कलाकार लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघरमा (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ फागुन १२ गते १२:४०

१२ फागुन, काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

बुधबार बिहान निधन भएका लामाको शव श्रद्धाञ्जलीका लागि बिहीबार बिहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको छ ।

कलाकार लामाप्रति श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै सर्वसाधारण नाचघर पुगेका थिए । बौद्ध धर्मगुरुहरु पनि नाचघरमा पुगेर लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् ।

स्वर्गीय लामाको शवलाई दिउँसो १ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि स्वयम्भूमा लगिने जनाइएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि गायक तथा कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए । ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’, ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता चलचित्रमा अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘हल्का रमाइलो’ टेलिसिरियलमा नियमित देखिंदै आएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?