+
+

युक्रेनमा ३ दिनभित्र झण्डै ४ लाख शरणार्थी बन्न बाध्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:५७

१५ फागुन, काठमाडौं । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भीषण लडाइँ सुरु भएको छ । हमलाको चौथो दिन उक्त सहर पसेको रुसी सेनासँग भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अधिकारीले खार्किभमा रुसी सेना प्रवेश गरेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न भनेका छन् । किएभ भने आफूहरूको नियन्त्रणमै रहेको युक्रेनका अधिकारीले बताएका छन् ।

युक्रेनमाथि सबै दिशाबाट आक्रमण गरेको रुसले आज भास्किलकिभ सहरस्थित एक तेल भण्डारमा क्षेप्यात्र हमला गरेको छ । त्यस्तै, रुसी हमलापछि खार्किभको एक ग्याँस पाइपलाइन ध्वस्त भएको छ । हाल रुसी फौजले दक्षिणी युक्रेनका दुईवटा सहरलाई घेराबन्दी गरिरहेको समाचारमा उल्लेख छ ।

तीन दिनमा झण्डै चार लाख शरणार्थी बने : राष्ट्रसंघ

युक्रेनमा बिहीबारदेखि सुरु भएको रुसी हमलाका कारण मानवीय संकट देखिन थालेको छ । तीन दिनको अवधिमा झण्डै चार लाख युक्रेनीहरू शरणार्थी बन्न बाध्य भएका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले पछिल्लो लडाइँका कारण तीन लाख ६८ हजार शरणार्थी बन्न पुगेको बताएको हो ।

यूएनएचसीआरले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो १५ घण्टामा मात्रै ४५ हजार दुई सय मानिस युक्रेनबाट पोल्याण्ड प्रवेश गरेका छन् । पोल्याण्ड र युक्रेनको सिमानामा शरणार्थीको १४ किलोमिटर लामो लाइन देखिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?