+
+

म सिक्वेलका लागि जहाँ पनि हाम फाल्ने मान्छे होइन : परेश रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १३:२०

२० फागुन, काठमाडौं । अभिनेता परेश रावल ४० वर्षपछि गुजराती चलचित्र ‘डिअर फादर’मा दोहोरो भूमिकामा देखिने भएका छन् । रावलले दैनिक भास्करसँगको कुराकानीमा यसबारे बताएका हुन् । ‘डिअर फादर’ उनको नाटकमा आधारित छ । अभिनेता रावलसँगको कुराकानीको सम्पादित अंश :

डिअर फादर’मा दोहोरो भूमिका निभाउनुभएको छ, यसमा कस्ता चुनौती थिए ?

चुनौती आफैंमा चुनौती हुन्छन् । तर जब चलचित्र हेर्नुहुन्छ तब थाहा पाउनु हुनेछ कि कति फरक छ भूमिका  । चुनौतीपूर्ण भूमिका निभाउनु मेरो काम हो, यो मेरो जागिर हो । यतिका वर्ष थिएटरमा काम गरेको अनुभव छ, जो यहाँ काम आइरहेको छ ।

हामी नाटकमा समेत दोहोरो भूमिका भएको भन्छौं । यो यस्तो विषय हो जसमा लुकेर भूमिका निभाउन सकिंदैन । मेरो अगाडिको मान्छे कुनै मेलामा हराएको भाइ हुँदैन । जस्तो, मनमोहन देसाईको चलचित्रमा होस् कोही हरायो यस्तो होइन । दुवै अलग अलग पात्र हुन् । तर कहिलेकाहीं दुवै एकजस्तो देखिन्छन् ।

तपाईंको कुनै भूमिकामा सास फुक्ने मन्त्र के हुन्छ ?

चलचित्रमा कुनै यस्तो भूमिका निभाउनुपर्छ जसलाई कहीं कतै देखेको भन्ने भान हुनुपर्छ । ऊभित्रको क्यारेक्टर नभई एक जिउँदो मान्छे देखिनुपर्छ । कुनै प्लाष्टिकको पुतला नभई वास्तविक मान्छे देखिनुपर्छ, जसको वेदना साँचो होस् । यसको हाँसो, समस्या सबै वास्तविक देखिनुपर्छ । तब न सर्वसाधारणको दिल दिमागमा बस्न सक्छु । जब म देखावटी अभिनय गर्छु, क्यारेक्टरको भित्र पस्दैन तबसम्म म सन्तुष्ट हुँदिन । मेरो काम दर्शकलाई वास्तविक मनोरञ्जन दिनु हो ।

मेरो भूमिका यस्तो क्यारेक्टरमा रहिआएको छ, जसलाई म अझै निर्खान सकुँ, राम्रो गर्न सकुँ । बस स्टेसन, रेल स्टेसन वा कतै सर्वसाधारणलाई यसलाई कहीं कतै देखेको भन्ने महसुस हुनुपर्छ । मेरो प्रयास यही रहिआएको छ ।

ओटीटीमा गहिरा कथाहरुसँगै भूमिका पनि गहिरा हुन्छन्, तर तपाईं जसरी छोटो भूमिकालाई पनि जीवन्त बनाउनुहुन्छ, त्यसमा डुब्ने तरिका के हो ?

तपाईंसँग जो स्क्रिप्ट आउँछ त्यसलाई पढ्दै गर्नुस् । पढ्दै जाँदा क्यारेक्टरमा भएका कुरा आफूमा पनि छन् भन्ने थाहा हुँदै जान्छ ।

म यस्तो छु । यस्तो त कहीं पक्कै गरेको छु जस्तो लाग्न थाल्छ । कसैलाई सहयोग गरिरहेको छ भने सोच्नुस् तपाईंले पनि कसै न कसैलाई सहयोग गर्नुभएको थियो । जोसँग चिनजानसमेत थिएन र ऊ कहिल्यै फर्केर आउनेवाला पनि छैन, तर पनि सहयोग गरे । यसरी सोच्दै जाँदा लाग्छ यो म नै हुँ । आफूलाई कसरी क्यारेक्टरमा डुबाउने भन्नेबारे सोच्छु । यी सबै कुरापछि निर्देशक, सहकलाकारको सहयोगले भूमिका निभाउने प्रयास गर्छु ।

कुनै प्रोजेक्ट छान्ने तपाईंको तरिका कस्तो हुन्छ ?

केही विषयवस्तु पढेपछि यसमा काम गर्ने नगर्नेबारे सोचिन्छ । कुनै मन परेको भूमिकामा काम गर्न पाइएन भने त्यसको पश्चाताप र बेचैनी जिन्दगीभर रहन्छ । म यस्तै वास्तविक कथाहरुसँग जोडिन चाहन्छु, जो जीवन्त हुन्छन् र रहिरहन्छन् ।

यस्ता कथाहरुले यसमा काम गर्नैपर्ने भनेर आफैंलाई दबाब दिइरहेका हुन्छन् । उत्प्रेरणा पनि दिन्छन् । मनभित्रबाट यस्तो भूमिका निर्वाह गरुँ भनेर एक आवाज निस्किन्छ । जसलाई मैले छान्ने गरेको छु । यसका अलावा निर्देशकको सहयोग त चाहिन्छ नै । चलचित्र निर्देशनको माध्यम हो, निर्देशकको सहयोगविना केही गर्न सकिंदैन । निर्देशकले राम्रो कलाकारलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउन सक्छ । निर्देशकको सहयोगविना तपाईं निरीह हुनुहुन्छ ।

कुनैबेला खलनायकको भूमिकामा पनि निकै देखिनुहुन्थ्यो, अहिले दूरी बढाउनुभएको हो ?

खलनायकको राम्रो भूमिका मिलेपछि गर्छु । मलाई राम्रो भूमिकासँग मतलब छ । कमेडी, सिरियस, अभिनेत्रीको भाइ, बुवाको जे भूमिका भएपनि राम्रो लाग्नुपर्छ ।

राजनीतिमा आएपछि कुनै भूमिका छाड्नु परेको थियो ?

यस्तो कहिल्यै भएन । सबैलाई परेश अभिनेता हो भन्ने थाहा थियो, जसका कारण मध्यप्रदेशको टिकट दिइएको थियो । मैले कुनै भूमिका छाडिन ।

ओ माइ गड-२’ आउँदै छ । यसमा तपाईंको भूमिका छ कि छैन ?

म यसमा छैन । मलाई स्क्रिप्ट मज्जा नआएका कारण यसमा मैले खेलिन । म सिक्वेलका लागि जहाँ पनि हाम फाल्ने मान्छे होइन । यसको भाग-३ मा म काम गर्दैछु कारण यसको कथा राम्रो छ ।

तपाईं प्रश्नको खरो उत्तर दिनुहुन्छ, तर मिडियाबाट किन भाग्नुहुन्छ ?

म मिडियाबाट भागेको छैन । म मिडियालाई जान्दछु र यसको शक्ति पनि राम्रोसँग थाहा छ । मिडिया धेरै ठूलो अघोम र पावन शस्त्र हो । मसँग भन्नलाई केही कुरा भए पो मिडियामा जाने हो । विना काम मिडियामा आएपछि सर्वसाधारणलाई झिंझो लाग्छ । मिडियाले पनि यसलाई कति झेल्ने सोच्छ ।

कतिपयलाई बारम्बार मिडियामा आइरहनुपर्छ आफ्नो अनुहार देखाइरहनुपर्छ ।  म यस्तोमा पर्दैन । म मिडियाबाट भाग्ने नभई इज्जत दिने मान्छे हुँ ।

तपाईं अक्षय कुमारसँग एक फिल्ममा काम गरिरहनुभएको छ, त्यो कहिलेसम्म आउँछ ?

मेरो विचारमा यो फिल्म जून-जुलाईसम्ममा हलमा आउँछ । अहिलेसम्म मैले स्क्रिप्ट पाइनसकेका कारण यसको कथा र भूमिकाबारे बताउन सक्दिनँ ।

बच्चाहरुलाई कसरी सिकाउनु हुन्छ र उनीहरु के सिक्न आउँछन् ?

बच्चाहरु सिक्न आएपनि उनीहरुलाई सिकाउनुपर्छ । उनको शिरमा बस्नु हुँदैन । अहिलेको पुस्ता जवान र समझदार छ । उनीहरुलाई सही गलत सबै थाहा हुने भएकाले धेरै उक्साउनु हुँदैन ।

केतन र मानसीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?

दुवैसँग काम गर्न निकै मज्जा आयो । दुवै जवान र माझिएका कलाकार भएकाले काम गर्न सहज भयो । दुवैले स्टेजमा काम गरेका छन् । उनीहरुलाई तालिमको कुनै कमी छैन । उनीहरु दुवै जना पूर्ण व्यावसायिक पनि छन् । अहिलेको पुस्ता नै व्यावसायिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?