+
+

३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १४:४१

२० फागुन, धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ ।

प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।

साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजासमेत प्रहरीले जलाएर नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?