२२ फागुन, विराटनगर । विराटनगरमा जारी प्रथम ‘इक्वालिटी कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा आयोजना गरेको प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा सुनसरीले सप्तरीलाई १० विकेटले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै ४३ रन जोड्यो ।
सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना खेलाडीले खाता खोल्न सकेनन् । सुनसरीका लागि सपना साहले र प्रिया मलाहाले ३ विकेट लिइन् ।
४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति विजयी लक्ष्या पार गरेको थियो ।
दोस्रो खेलमा अन्तर्राष्ट्रिय खेलाडी सम्मेलित झापाले मोरङलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो ।
मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता खोल्न सकेनन् । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिइन् । ज्योति दनुवारले पनि ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिएकी थिइन् ।
४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा १ विकेटको क्षतिमा विजयी लक्ष्या पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् ।
प्रतिक्रिया 4