+
+

पुनरागमन जितसहित बार्सिलोना तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ८:३१

२३ फागुन, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार एल्चेविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा उक्लेको हो ।

एक गोलले पछि परेको स्थितिमा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले दोस्रो हाफमा गोल गरे ।

घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा फिडेलले गोल गर्दै एल्चेलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्‍यो । ६०औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

डिपाएले ८४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

जितपछि २६ खेलबाट ४८ अंक जोडेको बार्सिलोना यस सिजन दोस्रो पटक तेस्रो स्थानमा पुगेको छ । पहिलो चरणमै तेस्रो स्थानमा रहेको बार्सिलोनाको प्रदर्शन त्यसपछि खस्किँदै जाँदा नवौं स्थानसम्म झरेको थियो । तर पछिल्लो समयजाभीको प्रशिक्षणमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

बार्सिलोना अझै शीर्ष स्थानको रियल मड्रिडभन्दा १५ र दोस्रो स्थानको सेभियाभन्दा ७ अंङ्कले पछि छ । दुवै टिमले बार्सिलोनाभन्दा एक खेल बढी खेलेका छन् ।

यस्तै २७ खेल खेलिसकेको एट्लेटिको मड्रिडको पनि ४८ अंक रहेपनि बार्सिलोनासँग हेड टु हेडमा पछि रहँदै चौथो स्थानमा छ ।

रियल बेटिसलाई ३-१ ले हराएर एट्लेटिको चौथो स्थानमा पुगेको हो । एट्लेटिकोका लागि जाओ फेलिक्सले दुई तथा थोमस लेमारले एक गोल गरे ।

बेटिस भने हारपछि पाँचौ स्थानमा झरेको छ । बेटिसको २७ खेलबाट ४६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?