+
+

च्याम्पियन्स लिग : बार्सिलोनासँग दोस्रो लेग खेल्नुअघि पीएसजीको आत्मविश्वास

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १५:२४

४ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का म्यानेजर लुइस एनरिकेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना विरुद्ध बेहोरेको हार उल्टानका लागि आफ्नो टोली सक्षम रहेको बताएका छन् ।

घरेलु मैदानमा भएको पहिलो लेगमा पीएसजी बार्सिलोनासँग ३-२ ले पराजित भएको थियो । पछिल्लो पटक पीएसजी तीन वर्ष अघि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो ।

एनरिकले आफ्नो टोली नतिजा उल्टाएर सेमिफाइनल पुग्नका लागि सही पोजिसनमा रहेको बताए ।

‘पीएसजीले पहिलो लेग हारपछि कहिल्यै पुनरागमन गरेको छैन । तर मंगलबार हाम्रो दिन हो ।’ एनरिकेले भने । ‘हामीसँग एकताबद्ध खेलाडीको समूह छ । टिममा कुन इगो छैन ।’

एनरिकेले २०१४-१५ को सिजन बार्सिलोनाको प्रशिक्षकको रुपमा ट्रेबल उपाधि जितेका थिए ।

यस्तै सन् २०१७ को युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाले पहिलो लेग ४-० ले हारेपनि दोस्रो लेगमा ६-१ ले हराउँदा पनि एनरिके स्पानिस क्लबकै प्रशिक्षक थिए ।

पाँच पटकको च्याम्पियन्स लिग विजेता बार्सिलोना ५ वर्षपछि पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

बार्सिलोनाका प्रशिक्षक जाभीले पनि एक गोलको लिडमा ढुक्क भएर नबस्नेन र जित हात पारेरै अघि बढ्ने बताएका छन् । ‘हामी अग्रता लिएर बस्नेत टोली होइनौँ । हामी पीएसजी विरुद्ध दोस्रो खेल पनि जित्न चाहन्छौँ ।’ जाभीले मंगलबारको खेलअघि भनेका छन्, ‘यो च्याम्पियन्स लिग हो, यो पेरिस टिम हो । र त्यस्तो गेम हो जसमा कोही पछि हट्दैन ।’

बार्सिलोनाका लागि पहिलो लेगमा गोल गरेका आन्द्रेस क्रिस्टेनसेन दोस्रो लेगमा उपलब्ध हुने छैनन् । यस्तै सर्जि रोवर्टो पनि उपलब्ध हुने छैनन् । दुवै कार्डको निलम्बनमा छन् ।

उता पीएसजीका राइट ब्याक अच्रफ हाकिमी भने यो खेलमा खेल्ने सम्भावना छ । उनले निलम्बनका कारण पहिलो खेल खेलेका थिएनन् ।

पीएसजीले युरोपियन प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै बार्सिलोनासँग १४ पटक खेलेको छ । जसमा बार्सिलोनाले ६ खेल जित्दा पीएसजीले ४ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ ।

जाभी र लुइस एनरिके कुनै समय बार्सिलोना र स्पेनको टिममा टिममेट थिए । २०१४-१५ मा एनरिकले पहिलो पटक बार्सिलोनाको प्रशिक्षक बन्दा जाभीले क्लबका लागि अन्तिम सिजन खेलेका थिए ।

क्वाटरफाइनल अन्तर्गत एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्डबीचको दोस्रो लेग पनि मंगलबार राति नै हुनेछ । घरेलु मैदानमा भएको पहिलो लेग एट्लेटिकोले २-१ ले जितेको थियो । दुवै खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?