+
+

च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा इन्टर विजयी, डर्टमण्ड र आइन्डहोभनले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ८:३०

९ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ ।

इन्टरले घरेलु मैदान सान सिरोमा भएको खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको हो । इन्टरका लागि  मार्को अर्नाउटोभिचले ७९औं मिनेटमा गोल गरे ।

पहिलो लेगको जितले इन्टरले केही फाइदा पुगेको छ । यी दुईबीचको दोस्रो लेगको खेल १३ मार्चमा एट्लेटिकोको मैदानमा हुनेछ ।

यस्तै अन्तिम १६ को पहिलो लेगकै खेलमा जर्मनीको बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेलेको छ ।

पीएसभी आइन्डहोभनको मैदानमा भएको खेलमा डोनयेल मालेनले २४औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, ५६औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । यी दुईबीचको दोस्रो लेगको खेल १३ मार्चमा डर्टमण्डको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?