+
+

च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो, आर्सनल पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ८:५५

१० फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना नापोलीसँग बराबरीमा रोकिएको छ । यस्तै इंग्लिस क्लब आर्सनलभ ने पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ ।

नापोलीको मैदान नेपल्समा भएको खेलमा बार्सिलोनाले पहिले अग्रता लिए पनि जोगाउन सकेन । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि रोवर्ट लेवान्डोस्कीले ६०औं मिनेटमा गोल गरी बार्सिलोनालाई पहिले अग्रता दिलाएका थिए । तर भिक्टोर ओसिमहेनले ७५औं मिनेटमा नापोलीका लागि बराबरी गोल फर्काए ।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल १२ मार्चमा बार्सिलोनाको मैदानमा हुनेछ ।

यस्तै अर्को खेलमा इन्जुरी टाइमको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोले आर्सनललाई १-० ले हरायो । पोर्टोको मैदानमा भएको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला अन्तिम समयमा ब्राजिलियन खेलाडी गालेनोले उत्कृष्ट गोल गरे ।

अब १२ मार्चमा यी टोलीबीच आर्सनलको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?