+
+

डाबर नेपालले सार्वजनिक गर्‍यो ‘डाबर बाटिका नेचुरल स्याम्पु’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १४:११

काठमाडौं । डाबर नेपालले डाबर बाटिका नेचुरल स्याम्पुको नयाँ रेन्ज हायाट प्लेस् सार्वजनिक गरेको छ ।

डाबर बाटिका नेचुरल स्याम्पुको सेलिब्रिटी ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

डाबर बाटिका नेचुरल स्याम्पु तीनवटा भेरियन्टमा पाइने कम्पनीले जनाएको छ । जसअनुसार ब्ल्याक साइन स्याम्पु कालो र चम्किलो कपालका लागि, थिक एन्ड लङ्ग स्याम्पु बाक्लो र लामो कपालका लागि र एन्टि डेन्ड्रफ स्याम्पु चाँया मुक्त कपालका लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण रहेका छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिने कम्पनीको भनाइ छ ।

डाबर नेपालको व्यापार प्रमुख एचएस बेदीले भने, ‘डाबर बाटिका नेचुरल्स स्याम्पुको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिंदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पुको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने निरन्तर प्रयास अनुसार कम्पनीले डाबर बाटिका नेचुरल स्याम्पु बजारमा ल्याएको मार्केटिङ प्रमुख गोर्खालीले बताए ।डाबर बाटिका नेचुरल स्याम्पुको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताहरुको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएका उनले बताए ।

कम्पनीका अनुसार डाबर बाटिका नेचुरल स्याम्पु १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आर्कषक मूल्यमा उपलब्ध रहेको छ । साथै ७ एमएल र ३.५ एमएलको स्यासेमा एवं ३३० एमएलको बोतलमा पम्पको सुविधासहित बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?