+
+

डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १३:००

काठमाडौं । डाबर नेपालले भूकम्प पीडितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदी, कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका हुन् ।

डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग ऐक्यवद्धता जनाउँदै सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?