
२४ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेपछि अभिनेता पल शाह अहिले प्रहरी हिरासतमा छन् । यो मुद्दाका कारण उनले सुटिङ सुरु हुन लागेको फिल्म ‘२ नम्बरी’ गुमाएका छन् ।
चैत दोस्रो सातादेखि यो फिल्मको पुनः छायांकन सुरु गर्ने निर्माण पक्षको तयारी छ । तर पलको ठाउँमा कसलाई खेलाउने भन्ने बारेमा निर्माताले अहिलेसम्म निधो गर्न सकेका छैनन् ।
पलको ठाउँमा सौगातलाई प्रस्ताव गरिएपनि उनले अहिलेसम्म खेल्ने निधो दिएका छैनन् । एक अंग्रेजी फिल्मको सुटिङ तालिकासँग सौगातको समय जुधेपछि सौगातलाई लिने सम्भावना कम रहेको प्रस्तुतकर्ता किरण नेपालीले बताए ।
उनका अनुसार पलको ठाउँमा धीरज मगर वा अनमोल केसीमध्ये एकलाई लिने तयारी भएको छ । तर निर्माताको उक्त प्रस्तावलाई धीरज वा अनमोलले स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने टुंगो छैन ।
निर्माताले धीरज र अनमोलसँग श्रृंखलाबद्ध छलफल पनि गरिरहेका छन् । आखिर ‘२ नम्बरी’मा पलको ठाउँमा को आउला त ? धीरज, अनमोल वा सौगात ? केही दिनमै टुंगो लाग्ने निर्माताले जनाएका छन् ।
प्रतिक्रिया 4