+
+

आर्मी च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते २१:००

२६ फागुन काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टु हेडमा दुई सय र स्लालममा ३ सय १ अंकसहित उपाधि जितेको हो ।

च्याम्पियनसिपमा नेपाल कायक क्लब दोस्रो र ह्वाइट वाटर नेपालले तेस्रो स्थान हात पार्‍यो । कायक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा एक सय ७२ र स्लालममा तीन सय ५० अंक बटुल्यो । ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ६४ र स्लालममा दुई ७६ अंक बटुल्यो ।

यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान हासिल गरे ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे । च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए ।

यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?