+
+

४८ वर्षपछि ब्ल्याक एण्ड ह्वाइट फिल्म ‘राधा’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते ११:३१

२७ फागुन, काठमाडौं । २०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए ।

‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४ गते श्वामश्वेत रङमै फिल्म हलमा रिलिज हुने भएको छ ।

निर्देशक तथा लेखक समेत रहेका थापाले ब्ल्याक एन्ड ह्वाइट रङमै फिल्मलाई प्रदर्शन गर्न लागिएको बताएका छन् । यसअघि उनले ‘मलामी’ नामक छोटो फिल्म पनि श्यामश्वेतमै बनाएका थिए ।

‘रङभन्दा कन्टेन्ट महत्वपूर्ण हो भन्ने दर्शाउन श्यामश्वेतमै फिल्म बनाउने जमर्को गरेका हौं,’ अनलाइनखबरसँग उनले भने, ‘कथावाचनलाई पात्र र इमोसनमा केन्द्रित गर्न पनि यस्तो गर्नुपरेको हो ।’

थापाले अगाडि भने, ‘ब्ल्याक एन्ड ह्वाइट पनि एउटा कलर नै हो ।’ सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म निर्माणमा सौगातसँग सुवर्णले सहकार्य गरेका छन् । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत राधालाई श्यामश्वेत रङमै सहभागि गराउने तयारी छ ।

फिल्मले दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलबाट स्क्रिप्ट डेभलपमेन्टमा १० लाख ग्रान्ट पनि पाएको थियो । नेपालको एक गाउँले युवती राधाले आप्रवासी कामदारको रुपमा दोहा पुगेका आफ्ना पति बेपत्ता भएपछि उनलाई खोज्न थालेको यात्राको कथा फिल्मले भन्छ ।

तर पति बेपत्ता हुनु पछाडिको झुट, धोकाधडी र छलका चाखलाग्दा रहस्य उनले पत्ता लगाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?