+
+

मलाई नुन, गाँजा र अफिमको तस्कर भनियो : दुगड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १९:४१
मोतीलाल दुगड/फाइल तस्वीर

२९ फागुन, काठमाडौं । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले राज्यको हितका लागि काम गर्दा आफूलाई तस्कर भनिएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमालेको उद्योग तथा वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको छलफलमा बोल्दै दुगडले यस्तो धारणा राखेका हुन् ।

‘मोती दुगडले नुनको तस्करी गर्‍यो, गाँजा र अफिमको पनि तस्करी गर्‍यो भनेर छापेका छन्, म त मेरो फोटो समेत छाप्नुस् भन्छु, नपुगे मसला म दिन्छु,’ दुगडले भने, ‘देश र जानताका लागि अर्थतन्त्रमा योगदान गरिरहेका मानिसलाई लखेट्ने काम भएको छ ।’

नुन तस्करी हुन नसक्ने भन्दै उनले सबै खाले तस्करीका घटनामा आफूलाई जोड्ने काम भएको भन्दै दुखेसो गरे । विभागका अध्यक्षसमेत रहेका दुगडले मुलुकको अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको बताए ।

अर्थतन्त्र बिग्रिनुमा वर्तमान सरकार जिम्मेवार भएको आरोप लगाउँदै उनले सरकारले निजी क्षेत्रलाई दपेट्ने काम गरेको बताए । ‘वर्तमान सरकारले कर नतिर्ने उद्योग तथा होटललाई ताला लगाउने काम गरेको छ,’ दुगडले भने, ‘कर नतिर्नेलाई ताल लगाउँदा यो देशको औद्योगिक वातावरण बिग्रिन्छ लगानी प्रभावित हुन्छ ।’

उद्योगी व्यवसायीको समस्या समाधान गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ७ महिनादेखि खाली राखेको भन्दै उनले अब उद्योगीको समस्या लिएर एमाले सरकारी निकायमा धाउने पनि दुगडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?