
३० फागुन, काठमाडौं । नेपाली कांंग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।
आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत ल्याई विजयी भएका हुन् । यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।
बुढाथोकीले ११५४ मत ल्याएका थिए । ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन् । विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन् ।
विजयी र पराजित दुबै संस्थापन पक्षका जिल्ला नेता हुन् । शनिबार भएको अधिवेशनबाट तेस्रो स्थानको मत ल्याई रामानन्द राय बाहिरिएका थिए । नेता कृष्णप्रसाद सिटौला निकट रायले शनिबारको मत परिणाममा पहिलो स्थानको मत ल्याउने यादवलाई सघाउने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4