+
+

वीरगञ्ज भन्सारबाट ८ महिनामा १ अर्ब ३९ करोड राजश्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:५५

७ चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा झण्डै १ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि फागुनसम्म १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

८ महिनामा वीरगञ्ज भन्सारले भन्सार विभागले दिएको राजस्व लक्ष्यभन्दा ३.६ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । वीरगञ्ज भन्सारलाई विभागले ८ महिनामा १ खर्ब ३४ अर्ब १६ करोड ७ लाख ६२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो ।

लक्ष्य भन्दा ३.६ प्रतिशत अर्थात ४ अर्ब ७८ करोड ८६ लाख ९५ हजार रुपैयाँ बढी राजश्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

यो वर्ष गत आर्थिक वर्ष ०७७/७८ को तुलनामा ३४ अर्ब ५ करोड ३४ लाख १२ हजार रुपैयाँ बढी राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ ।

संकलित कुल राजस्वमा भन्सार महसुल ५० अर्ब ६७ करोड ३० लाख ९६ हजार, मूल्य अभिवृद्धि कर ५४ अर्ब ७४ करोड २८ लाख ४० हजार, अन्तःशुल्क १५ अर्ब १९ लाख ९८ हजार उठेको छ ।

वीरगञ्ज भन्सारले ८ महिनामा १० अर्ब ८१ करोड ८० लाख ३२ हजार रुपैयाँ पूर्वाधार कर, भन्सार महसुल (निर्यात) १ अर्ब ६६ लाख ३० हजार, कृषि सुधार शुल्क ९८ करोड ५६ लाख २७ हजार, भन्सारसम्बन्धी अन्य आय वापत ७ करोड २१ लाख ५२ हजार, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब ९६ करोड ७९ लाख १५ हजार र सडक मर्मत तथा सम्भार दस्तुर वापत ३ अर्ब ७३ करोड ४१ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?