
काठमाडौं । अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रबद्र्धित अशोक लेलैण्डले १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी क्यम्प सुरु गरेको हो ।
काठमाडौंमा रिबन काटेर क्याम्पको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यस योजना अन्तर्गत ग्राहकहरुलाई गाडीको पार्ट्समा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म र लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथै फ्रि गाडी वासिङ, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
कम्पनीका अनुसार यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागूहुनेछ ।
सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौं भन्ने नाराका साथ सुरु भएको यस योजना ६ चैतदेखि ११ चैतसम्म मात्र लागू हुनेछ ।
प्रतिक्रिया 4